बजार संक्षेप

बनेपा स्थित शुभकामना सिनेमा घर अब डिजिटल प्रविधिमा

  नागरिक   2020-02-09

काठमाडौँ- प्रविधिको विकास र विस्तारसँगै सिने क्षेत्रमा पनि थुप्रै खालका नयाँ प्रविधिहरू भित्रिएका छन् । हलिउड, बलिउड मात्रै नभएर नेपाली चलचित्रमा पनि डिजिटल प्रविधिले स्थान लिइसकेको छ । चलचित्र निर्माणमा देखिएको फेरबदलले प्रदर्शनमा पनि फेरबदल गर्नुपर्ने आवश्यकता भएको छ । त्यसैकारण चलचित्र घरहरू आफूलाई ‘अपग्रेड’ गर्न लागि परेका छन् । 
तीव्र प्रतिस्पर्धा, बजारको माग र दर्शकको चाहानालाई ख्याल गर्दै काभ्रेको बनेपामा रहेको  शुभकामना सिनेमा हलले पनि आफूलाई अपग्रेड गर्दै पूर्ण डिजिटल प्रविधिमा सञ्चालन भएको छ। निर्माणको लागि करिब ४५ दिन बन्द रहेको सिनेमा हल शुक्रबार, २४ माघ देखि अत्याधुनिक डल्बी डिजिटल साउण्ड, फूल एसी, आरामदायी सिटसहित सञ्चालनमा आएको छ । २४ माघदेखि बिहान ८ः३० र ११ः ३० बजे साङ्लो, दिउँसो २ः३० बजे सेल्फी किङ र साँझ ६ बजे हिन्दी चलचित्र मलङ्ग प्रदर्शन भइरहेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
 पुनः सञ्चालनमा आएको अवसरमा सिनेमा हलले विशेष छूटको व्यवस्था गरेको छ। केही समयको लागि टिकटदर १५० रूपैयाँ तोकिएको छ। त्यस्तै बुधबार, बिहीबार तथा हरेक बिहानी सो मा १०० रूपैयाँ मात्र टिकटदर रहेको छ । 
डिजिटल प्रविधिमा गएसँगै शुभकामना हाइ भिजन हलबाट नाम परिवर्तन गरी शुभकामना सिनेमा हल राखिएको छ। गोदाम चोक बनेपामा रहेको हल २०४ सिट क्षमताको रहेको जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 


 

यसमा तपाईको मत