बजार संक्षेप

बजेट भाषण : केमा भयो मुल्य वृद्धि ?

    2019-05-30

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट ल्याएको छ । २०७६/०७७ को बजेटमा केही वस्तु भन्सार दर बढेको छ, भने केही बस्तुको भन्सार दर भने घटाइएको छ ।

पेट्रोलियम पदार्थ:


नयाँ बजेट अनुसार सरकारले सडक बनाउनका लागि पूर्वाधार करबापत पेट्रोलियम पदार्थमा प्रतिलिटर थप १ रुपैयाँ कर लगाउने भएको छ। यसअघि सरकारले बुढीगण्डकी बनाउका लागि प्रतिलिटर ५ रुपैयाँ कर लिँदै आएको थियो। यो करको भार उपभोक्ता मूल्यमा थपिनेछ।

पेय पदार्थ:


त्यस्तै, मदिरा, चुरोट, बियर लगायतका पेय पदार्थको औसत १० प्रतिशतका दरले अन्तःशुल्क बढाइएको छ। अल्कोहल रहित वियरमा पहिले ३० प्रतिशत भन्सार तिर्नुपर्थ्यो भने अब ४० प्रतिशत तिर्नु पर्ने छ।  

उपभोग्य सामग्री:

 
चिया, कफी, दुग्ध पदार्थ, ध्यु, कुखुराको मासु, केराउ, बदाम, आलु, चिप्स, विस्कुट, चाउचाउ, आइसक्रिम, जुस, मिनिरल वाटर, चिनि तथा सक्खर, चक्लेट, चुइगम, पास्ता,जस्तापाता, जुत्ता चप्पल, धागो र त्रिपाल लगायतका वस्तुको आयात भन्सार दर  पहिलको ३० प्रतिशत भन्सार दरबन्दी बढाएर अहिले ४० प्रतिशत पुर्‍याइएको छ ।
फलफुलका पेय पदार्थमा प्रति किलो ६० रूपैया भन्सार लगाउन थालिएको छ । स्याउ अंगुर, आँप भुईकटरका पेय पदार्थको आयातमा प्रति लिटर ६० रूपैयाँसम्म भन्सार लाग्ने भएको छ । यी शीर्षकमा भन्सार थिएन । त्यस्तै गोलभेडाको अचार, मैदा, सर्स्यौ, मिश्रित मसला आयातमा पनि २० प्रतिशत भन्सार तिर्नु पर्ने छ। जडिबुटीबाट बनेका च्यवन प्राशजस्ता भिटामिन पदार्थमा पनि अवदेखि १० प्रतिशत भन्सार तिर्नु पर्ने छ । यसअघि यसमा भन्सार थिएन ।

ग्याजेट:

 
बजेटले मोबाइल आयात गर्दा लाग्ने भन्सारलाई घटाएर २.५ प्रतिशतमा झारेका छन् । भन्सार शुल्क घटेसँगै अब मोबाइल किन्दा पहिलेभन्दा सस्तो हुने भएको छ ।यस अघि मोबाइल आयात गर्दा सरकारलाई ५ प्रतिशत भन्सार तिर्नुपथ्र्याे ।   
 

यसमा तपाईको मत