बजार संक्षेप

कैलालीमा बजाज सोरुम

  नागरिक   2019-12-18

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले कैलालीको अत्तरियामा आधुनिक एवं सुविधासम्पन्न नयाँ सोरुम ‘रुद्र अटोमोटिभ्स’ सुरु गरेको छ ।
उक्त सोरुमले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा पुर्याउँदै सधैं अगाडि बढ्ने र बजाजको सेल्स, सर्भिस र स्पेयर देशभर उपलब्ध गराउने उद्देश्यलाई सार्थक बनाउन सहयोग गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नयाँ सोरुमले ग्राहकलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट देशभरका ग्राहकलाई उच्चस्तरीय, विश्वस्त सेवा र अझै आधुनिक सुविधा सुनिश्चित गर्दै बजाजको बिक्री थप सशक्त बनाउन सहयोग पुग्ने कम्पनीको विश्वास छ । 
सोरुम उद्घाटनको अवसरमा ग्राहकलाई आकर्षक उपहारको व्यवस्था गरिएको पनि कम्पनीले जनाएको छ । 
 

यसमा तपाईको मत