अन्य

आइएमई अटोमोटिभ्सलाई अवार्ड

  नागरिक   2021-09-12

एस्कर्टस लिमिटेड इन्डियाद्वारा आयोजित छैठौं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आइएमई अटोमोटिभ्सलाई बेस्ट पर्फर्मिङ व्यापार अवार्ड प्रदान गरिएको छ। 

एस्कर्टसका प्रमुख कार्यकारी अधिकृत अजय मन्दाहरद्वारा विश्वभरिका एस्कर्टस डिरलसिपमध्ये आइएमई अटोमोटिभ्स नेपाललाई बेस्ट पर्फर्मिङ बिजनेस पार्टनरको रूपमा सम्मानित गरिएको हो। अघिलो वर्ष आइएमईले गरेको मार्केट सेयरको वृद्धि, उत्कृष्ट ग्राहक सन्तुष्ट र एस्कर्टस ब्रान्डलाई नेपालमा स्थापित गर्न ठूलो भूमिका खेलेको हुनाले आइएमई अटोमोटिभ्सलाई यो अवार्ड प्रदान गरिएकोे प्रमुख कार्यकारी अधिकृतले बताएका छन्।

आइएमई अटोमोटिभ्स हेभी इक्विपमेन्ट सेग्मेन्ट नेपालमा धेरै कारोबार गर्ने वितरकको रूपमा रहेको अटोमोटिभ्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकको भनाइ छ।  

आइएमई अटोमोटिभ्सले एस्कर्टस ब्रान्डको ब्याकहो लोडर, हाइड्रा क्रेन, साथै कम्प्याक्टर सेग्मेन्टका मेसिनहरू नेपालभर बिक्रीवितरण गर्दै आएको छ। नेपालभरका ११ वटा सोरुम र शाखाबाट सेल्स, सर्भिस र स्पेयर्सको सुविधा पनि दिँदै आएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

यसमा तपाईको मत