बजार संक्षेप

नेपाल बंगलादेश बैंकको सहयोग

  नागरिक   2019-12-22

काठमाडौं– नेपाल बंगलादेश बैंकले कागेश्वरी, मनहरा–६, काठमाडौंस्थित अनाथ अपांग आश्रय नेपाललाई ३५ वटा कम्बल हस्तान्तरण गरेको छ । 
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त संस्थाका अनाथ तथा अपांग बालबालिकालाई चिसो मौसममा अध्ययन र बसोबास सहज होस् भनेर ब्ल्यांकेट वितरण गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकका सञ्चालक मुकुन्दनाथ ढुंगेलले संस्थाका बालबालिकालाई सहयोग सामग्री हस्तान्तरण गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
 

यसमा तपाईको मत