बजार संक्षेप

डिप्रोक्सको सहयोग

  नागरिक   2019-11-04

काठमाडौं– डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व  कार्यक्रम अन्तर्गत भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ स्थित मानव कल्याण समाजलाई रंगीन टेलिभिजन, ९० थान प्लास्टिकका कुर्सी, फलामको टेबल, बेड सेट सहयोग गरेको जनाएको छ । संस्थाले उक्त दिन विहानको खाना खर्च बापतको रकम उपलब्ध गराएको समेत जनाएको छ । 
बेवारिसे सडक बालबालिका र बृद्धबृद्धा गरी उक्त संस्थामा ६५ जना आश्रित रहेको डिप्रोक्सको विज्ञप्तिमा उल्लेख छ । 

यसमा तपाईको मत