बजार संक्षेप

वृक्षरोपणमा कृषि विकास बैंकको सहयोग

  नागरिक   2019-09-23

काठमाडौं– कृषि विकास बैंकले वृक्षरोपणमा सहयोग गर्न ललितपुर महानगरपालिका वडा नं १५ लाई एक लाख २० हजार नगद सहयोग गरेको छ । बैंकले वडाको वातावरण सुधार समितिलाई उक्त रकम हस्तान्तरण गरेको हो । वृक्षरोपण गरेर वातावरण जोगाउन सहयोग गरेको भन्दै प्रोत्साहन स्वरुप सहयोग गरिएको बैंकले जनाएको छ । समितिलाई संविधान दिवसको अवसर पारेर आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले रकम हस्तान्तरण गरेका थिए । 
 

यसमा तपाईको मत