बजार संक्षेप

हिमालयन बैंकद्वारा सहयोग

  नागरिक   2019-12-19

काठमाडौं– हिमालयन बैंकले अनाथ तथा आश्रित बाललालिकालाई सहयोग गरेको छ ।
बैंकको कावासोती शाखामार्फत संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कावासोती नगरपालिका वडा नम्बर ८ स्थित मौलाकालिका अपांग सेवा संस्थामा आश्रित अनाथ एवं फरक क्षमता भएका बालवालिकालाई सहयोग गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
बैंकले उक्त संस्थाका २१ बालबालिकालाई ग्यास चुलो, खानेपानी फिल्टर, राइसकुकर प्रदान गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । 
बैंकका कावासोती शाखा प्रबन्धक आत्माराम गौतमले बैंकका अन्य कर्मचारीको उपस्थितिमा उक्त सहयोग सामग्री हस्तान्तरण गरेको जनाइएको छ ।
 

यसमा तपाईको मत