बजार संक्षेप

एसियन पेन्ट्सको डिजाइन प्रतियोगिताका विजेता घोषित

    2019-08-19

काठमाडों– गत पुसमा सुरु दी कलिस्डकोप– अखिल नेपाल आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिता २०१८/२०१९ को विजेता घोषणा गरिएको छ ।  
नेपालका सबै आर्किटेक्चरल कलेजको २०७१ समूहका ३० जना विद्यार्थीले सहभागिता जनाएको उक्त प्रतियोगितामा ख्वपः इन्जिनियरिङ कलेजका श्रीजन मुश्याजु पहिलो, आइओइ, पुल्चोक क्याम्पसका आस्था श्रेष्ठ दोस्रो, ख्वपःकै हिना श्रेष्ठ तेस्रो र काठमाडौं इन्जिनियरिङ कलेजका श्रेया सिंह र आयुष श्रेष्ठलेसान्त्वना पुरस्कार जितेका छन् । एसियन पेन्ट्सले जनाएको छ । 
यो एसियन पेन्ट्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको प्रयास हो । प्रतियोगितामा एक्मी इन्जिनियरिङ कलेज, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पस, काठमाण्डु इन्जिनियरिङ कलेज, नेपाल इन्जिनियरिङ कलेज, हिमालय कलेज अफ इन्जिनियरिङ, ख्वपः इन्जिनियरिङ कलेज र इन्जिनियरिङ अध्ययन संस्थान, थापाथली क्याम्पसका विद्यार्थीको सहभागिता थियो ।
प्रतियोगीलाई प्रोजेक्टअन्तर्गत बल्खु, कीर्तिपुरस्थित मेकानिकल विभाग, थापाथली क्याम्पसको लागि एकेडेमिक अनुसन्धान केन्द्र डिजाइन गर्ने जिम्मेवारी दिइएको थियो । 
यसपछि १७ जनाको डिजाइनलाई मनोनयन गरी उनीहरुलाई आफ्नो परिकल्पना र धारणाहरु आर्क समाजका प्रसिद्ध व्यक्तित्वहरु आर्किटेक्चर विनोद न्यौपाने, आर्किटेक्चर चन्द्रलेखा कायस्थ, आर्किटेक्चर अभिषेकमानन्द बज्राचार्य, आर्किटेक्चर सरिता मास्के र आर्किटेक्चर सञ्जय प्रधान रहेको निर्णायक मण्डल समक्ष प्रस्तुत गर्ने अवसर दिइएको एसियन पेन्टसको विज्ञप्तिमा उल्लेख छ । 

यसमा तपाईको मत