बजार संक्षेप

एशियन लाइफ इन्स्योरेन्सको बोनस दर सार्वजनिक

  नागरिक   2021-10-26

एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६र७७ को लागि बोनस दर सार्वजनिक गरेको छ। कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीको सावधिक तथा आजीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ, बालबालिका सावधिक जीवन बीमामा न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ, सावधिक जीवन बीमालेखमा न्युनतम ३५ रुपैयाँ देखि ७० रुपैयाँ र अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनामा ४४ रुपैयाँ देखि ७० रुपैयाँ बोनस पाउनेछन् ।

 

 

 

यसमा तपाईको मत