बजार संक्षेप

आएइमई ग्रुपका ढकाललाई एसियन लिडरसिप अवार्ड

  नागरिक   2020-02-10

काठमाडौं– आइएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ‘एसियन लिडरसिप अवार्ड’बाट सम्मानित भएका छन् ।
एसियाली व्यवस्थापन संघको साझा संस्था एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स (आमो) र नेपाल व्यवस्थापन संघद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई सो सम्मान प्रदान गरेका छन् ।
राष्ट्रिय उद्यमशीलताको विकास गरी नेतृत्वदायी भूमिकामा रहेका र देशको आर्थिक विकास र समृद्धिका लागि व्यवसायको माध्यमबाट महत्वपूर्ण योगदान पुर्याएका कुशल एवं सफल व्यवस्थापकलाई आमोले हरेक वर्ष यो अवार्ड प्रदान गर्ने जारी विज्ञप्तिमा उल्लेख छ । सन् २०२० का लागि नेपालबाट ढकाललाई यो अवार्ड प्रदान गरिएको जनाइएको छ । 
 

यसमा तपाईको मत