बजार संक्षेप

एसियन कंक्रिटोको एक्सपिरियन्स सेन्ट टेकुमा

    2019-08-11

काठमाडौं– भैरहवा–परासी औद्योगिक करिडोर अन्तर्गत रामग्राम नगरपालिकाको हकुईमा सञ्चालित एसियन कंक्रिटोले राजधानीको टेकुमा एक्सपिरियन्स सेन्टर खोलेको छ । 
जर्मनीको मासा कम्पनीको उक्त प्लान्ट नेपाल भिœयाउन निकै मेहनत र समय लागेको जनाउँदै कम्पनीले भारतमा तीन ठाउँमा मात्र उक्त किसमका मेसिन रहेको जनाएको छ ।
नेपालको भौगोलिक अवस्था र कच्चा पदार्थको जानकारी र मासालाई उत्पादनमा शतप्रतिशत गुणस्तर दिने प्रतिबद्धता जनाएपछि मात्रै उक्त पान्ट नेपाल ल्याउन सकिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उत्पादन प्रक्रियाको ३६ वटा क्यामेरामार्फत जर्मनीबाटै निगरानी हुने पनि कम्पनीले उल्लेख गरेको छ ।
उद्योगबाट उत्पादन हुने पेभर्स, ब्लक, इटा, कर्वस्टोन, होलोब्लक बनाउन आवश्यक कच्चा पदार्थ नेपालमै पाइने भएकाले निर्यातको विकासमा टेवा पुग्ने कम्पनीको दाबी छ ।
उद्योगबाट उत्पादित वस्तु एकदमै मजबुत, बलियो, टिकाउ हुने जनाउँदै एक सय ५० टनको भार क्षमता बहन गर्न सक्ने कम्पनीले जनाएको छ ।
वस्तु उत्पादन गर्दा यसमा लाग्ने रङका र डिजाइनका पिगमेन्ट विदेशबाटै आउने भएको कारण वर्षौंसम्म रङ जस्ताको त्यस्तै रहने कम्पनीले जनाएको छ ।
यो उद्योगमा एक सय ५० जनाले रोजगारी पाइरहेको जनाउँदै भैरहवा, बुटवलबाहेक, काठमाडौं, पोखरा, चितवन, हेटौंडा, नेपालगन्ज, धनगढी, लुम्बिनीसम्म उत्पादन उपलब्ध रहेको उल्लेख छ ।
उक्त एक्सपिरियन्स सेन्टरको उद्घाटन बृज सिमेन्टका अध्यक्ष ताराचन्द केडियाले गरेको जनाइएको छ । 
 

यसमा तपाईको मत