बजार संक्षेप

आशा लघुवित्त चौथो वर्षमा प्रवेश

  नागरिक   2019-09-02

काठमाडौं– आशा लघुवित्त वित्तीय संस्था चौथो वर्षमा प्रवेश गरेको छ । तेस्रो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले ककनी–६, नुवाकोटमा निमार्णाधीन मानेडाँडा मरण पाटी निर्माणार्थ आर्थिक सहयोग गरेको जनाएको छ । 
उक्त अवसरमा स्थानीय निकायका प्रतिनिधि, बासिन्दा र सदस्यको उपस्थिति रहेको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । संस्थाले देशभरका ५५ शाखा कार्यालयमा पनि सो अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको जनाएको छ । 
 

यसमा तपाईको मत