बजार संक्षेप

‘अर्ना एट’ बियर बजारमा

  नागरिक   2019-12-16

काठमाडौं– यती ब्रुअरी प्रालिले ‘अर्ना एट’ बियर सार्वजनिक गरेको छ । 
यो नेपाली बियरमध्येकै सर्वाधिक आठ प्रतिशत अल्कोहलयुक्त स्ट्रङ बियर भएको कम्पनीले जनाएको छ ।
स्ट्रङ बियरको बढ्दो मागलाई विचार गरी यसको उत्पादन थालिएको र यो स्वादमा पनि उत्तिकै उत्कृष्ट रहेको कम्पनीको दाबी छ । खोल्नका लागि ओपनर आवश्यक नपर्ने बिर्को रहेको यो बियरको तीन सय ३० मिलिलिटर बोटलको एक सय ४०  र ६ सय ५० मिलिलिटर बोतलको दुई सय ७५ रुपैयाँ मूल्य तोकिएको कम्पनीले जनाएको छ । 
 

यसमा तपाईको मत