अटो विशेष

“अप्रिलिया स्ट्रोम स्कुटर” नेपाली बजारमा ( भिडियो )

    2019-06-06

काठमाडौँ- अप्रिलियाको उच्चस्तरिय इटालियन रेसिङ्ग टेक्नोलोजि भएको अप्रिलिया स्ट्रोम, दुगड़ ब्रदर्स एण्ड सन्स प्रा. लि.ले नेपाली बजारमा सार्बजनिक गरेको छ । यो स्कुटर रेसरहरुको लागि डिजाइन गरिएको तर आरामदायी सवारीको लागि निर्माण गरिएको स्कुटर हो । यसमा १२५ सि.सि. को आधुनिक प्रविधिको थ्रि भल्व इन्जिन जडान गरिएको छ । जसले गर्दा सवारलाई शक्तिसाली तथा आरामदायी राइडिङ्ग अनुभव दिन्छ । अप्रिलिया स्ट्रोम दुइवटा पृथक रङ्ग – म्याट रातो र पहेंलो आकर्षक ग्राफिकमा उपलब्ध छ, जसले इटालियनको उच्च प्रबिधि र वनावटको दक्षता प्रस्तुत गर्दछ ।
१२ इन्चको फराकिलो स्पोर्टस अलोय ह्विल भएको टायर संगै आउने र अप्रिलिया स्ट्रोम अन रोड र अफ रोड दुवै बाटोको लागि उपयुक्त छ तथा  सो को कारणले यसको राइड अरुभन्दा सुरक्षित र आरमदायी हुन्छ ।
यो स्कुटर यहि बिहिबार पुल्चोक स्थित लविम मलमा एक कार्याक्रमका बिच दुगड़ ब्रदर्स एण्ड सन्स प्रा. लि. का अध्यक्ष श्री मोतीलाल दुगड़ज्यू ले सार्वजनिक गर्दै आफ्नो खुसी ब्यक्त गर्नुभयो र यसले नेपाली ग्राहकहरुको मन जित्न सफल हुने आफ्नो बिश्वास ब्यक्त गर्नुभयो ।
यसै कार्यक्रममा दुगड़ ब्रदर्स एण्ड सन्स प्रा. लि. का उपाध्यक्ष श्री विवेक दुगड़ज्यू ले कम्पनीले नेपाली बजारका लागि अप्रिलिया स्ट्रोमको बिशेष मूल्य आगामी असार मसान्त सम्मको लागि रु. २ लाख २४ हजार ९ सय मात्र कायम गरिएको जानकारी गराउनुभयो र अप्रिलियाको यस्तो प्रिमियम प्रोडक्ट यो बिषेश मुल्यमा नेपाली ग्राहकहरुलाई उपलब्ध गराउन सकेकोमा खुसी ब्यक्त गर्नुभयो । वहाँले भेस्पाको बारेमा जानकारी गराउदै भन्नुभयो ई.सं. १९४६ मा स्थापित भएको यो एउटा इटालियन कम्पनी हो र यो आफ्नो बिशेष डिजाइन र प्रबिधिको लागि विश्वमै ख्याती प्राप्त गर्न सफल भएको कम्पनी हो । वहाँले भन्नु भयो, नेपाली बजारमा भेस्पाको बिक्री बितरण ई.सं.२०१५ देखि सुभारम्भ भएको थियो र यसले छोटो समयमै नेपाली जनताको मन जित्न सफल भएको छ । यही कम्पनीले अप्रिलिया ब्राण्डको स्पोर्टिङ्ग रेसिङ्ग बाइक र स्कुटर पनि बनाउछ । अप्रिलिया २९४ ग्राण्ड पिक रेसहरु जिति विश्वमै सबैभन्दा बढि रेस जित्ने इतिहाँस बनाउन सफल भएको ब्राण्ड हो र यस्तो ब्राण्ड उत्पादन गर्ने कम्पनी संग जोडिन पाएकोमा हामी दुगड़ ब्रदर्स एण्ड सन्स प्रा. लि. गौरवान्वित भएकाछौं ।
यसै क्रममा कम्पनीका हेड अफ अपरेशन (भेस्पा÷अप्रिलिया) श्री विजय महतोले कम्पनीको बजार बिस्तारका बारेमा जानकारी गराउदै भन्नु भयो हामी नेपालमा आक्रमक ढंगले यसको बजार बिस्तार गर्दैछौं र हाल २२ वटा बिभिन्न साखा तथा डिलरहरु मार्फत बिक्री बितरण गरिरहेका छौं साथै आगामी ६ महिनामै थप १० वटा नयाँ सहरहरुमा आफ्नो साखा तथा डिलरहरुको संजाल बिस्तार गर्ने छौं र नेपाली जनतालाई उच्चस्तरिय शेवा उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्दछौं ।

यसमा तपाईको मत