बजार संक्षेप

अप्रिलियाका राइडार चित्लाङ्गमा

  नागरिक   2019-12-24

काठमाडौँ- नेपाल भ्रमण वर्ष २०२० को नारा सहित अप्रिलियाको एक सय राईडर चित्लाङ्ग गाउँ पुगे।  
नेपालमा पियाजियोको भेस्पा र अप्रिलिया टु ह्विलर्सका आधिकारिक बिक्रेता प्रतिष्ठित औधोगीक तथा ब्यापारीक घराना एम भी दुगड़ ग्रुप अन्तर्गतको दुगड़ ब्रदर्स एण्ड सन्स प्रा. लि.ले शनिवार राईड टु चित्लाङ्ग २०१९ सम्पन्न गरेको हो। नक्साल स्थित अप्रिलियाको स्वरुमबाट शुरु गरि चित्लाङ्गको अर्गानिक भिलेज रिसोर्टमा पुगी विभिन्न मनोरञ्जनात्मक खेल सहित कार्यक्रम सम्पन्न गरेको थियो । 
उक्त राईडको फ्ल्याग अफ दुगड़ व्रदर्श एण्ड सन्स प्रा.लि.का भाईस प्रेसिडेण्ट विजय कुमार महत्तोले गरेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
उक्त कार्यक्रमका एक सय राईडरका लागि कुशल व्यवस्थापन ब्राण्ड मेनेजर करुणा पुडासैनीे र उनको टिमले गरेका थिए । राईडरहरुलाई चित्लाङ्गमा साँझ विभिन्न खेल खेलाई विजयताहरुलाई पुरस्कार दिनुका साथै विभिन्न विधामा अवार्ड पनि वितरण गरिएको जनाकती उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 

यसमा तपाईको मत