बजार संक्षेप

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

  नागरिक   2019-12-12

काठमाडौं– नेपाल क्रेडिट एन्ड कमर्स बैंकले नबिल बैंकलाई डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकले ‘१०.५० प्रतिशत एनसिसी ऋणपत्र २०८६’ तीन अर्बबराबरको डिबेन्चर १०.५० प्रतिशत ब्याजसहित १० वर्षका लागि निष्काशन गर्न नबिल इन्भेस्टमेन्टलाई नियुक्त गरेकोे विज्ञप्तिमा जनाएको छ । कूल ३० लाख कित्ता डिबेन्चरमध्ये १८ लाख कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र १२ लाख कित्ता डिबेन्चर सर्वसाधारणमा निष्काशन गरिने बैंकले जनाएको छ ।
उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नबिल इन्भेस्टमेन्टका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

यसमा तपाईको मत