बजार संक्षेप

एपेक्सको २०औं वार्षिकोत्सवको लोगो अनावरण

  नागरिक   2019-12-27

काठमाडौं– एपेक्स कलेजले २०औं स्थापना दिवस मनाएको छ । सो अवसरमा बिहीबार २०औं जन्मजयन्तीको विशेष लोगो अनावरण गरिएको छ । कलेजका प्राध्यापक प्रेमराज पन्तले एक कार्यक्रमबीच कलेजको २०औं जन्मजयन्तीको लोगो अनावरण गर्दै कलेजले विद्यार्थीको शैक्षिक तथा व्यावसायिक आवश्यकता पूरा गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए । 
पन्तले २० वर्षको अवधिमा कलेजबाट तीन हजार दुई सय ९३ विद्यार्थीले  स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरेको बताए । २०औं जन्मजयन्तीको अवसरमा कलेजले सन् २०२० मा भर्ना हुने विद्यार्थीका लागि ‘२०औं जन्मजयन्ती छात्रवृत्ति’ घोषणा गरी जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने जनायो । कलेजले वर्षभरि नै विविध कार्यक्रम गरेर वार्षिकोत्सव मनाउने भएको छ ।


 

यसमा तपाईको मत