बजार संक्षेप

एपेक्स दिवस २०१९ सम्पन्न

    2019-08-12

काठमाडौँ– एपेक्स कलेजले आफ्नो वार्षिक उत्सव सम्पन्न गरेको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न कार्यक्रममा कलेजका विद्यार्थी, शिक्षक, कर्मचारी, तथा विशेष अतिथिका रुपमा क्याप्टेन तथा अमिनेता विजय लामा, कलाकार संजोग कोइराला, डिजाइनर युवी थापा, प्रियंका एमभी, डेन्टल सर्जन तथा मोडल सूर्य थापा, उद्यमी प्रतीक अग्रवाल लगायतको सहभागिता रहेको कलेजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विभिन्न रमाइला गीत, संगीत, नृत्य तथा मिस एन्ड मिस्टर एपेक्स कार्यक्रम समावेश गरी वार्षिक उत्सव मनाएको कलेजले जनाएको छ ।

यसमा तपाईको मत