बजार संक्षेप

नबिलको वार्षिक सभा सम्पन्न

  नागरिक   2020-01-08

काठमाडौं– नबिल बैंकको ३५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालको अध्यक्षतामा बसेको सभाले आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट नगद लाभांश २२ प्रतिशत र बोनस सेयर १२ प्रतिशत दिने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ ।
सो अवसरमा केही विदेशीले विभिन्न बैंकको एटिएमबाट अनधिकृत रुपमा रकम निकालिएको घटना उजागर गरी संलग्न व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन सक्रिय भूमिका निर्वाह गरेबापत सेयरधनी समेतको सक्रियतामा बैंकका कर्मचारी, सुरक्षा गार्ड तथा महानगरीय प्रहरी वृत्त दरबारमार्गलाई सम्मान गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
 

यसमा तपाईको मत