बजार संक्षेप

प्रभु बैंकको वार्षिक साधारणसभा

  नागरिक   2019-11-25

काठमाडौं– प्रभु बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिको प्रतिवेदनसहित गत आर्थिक वर्ष ०७५/७६ को वासलात, नाफानोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूची पारित गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
सम्पन्न सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटलको गत आर्थिक वर्ष २०७५/०७६ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको विज्ञप्तिमा उल्लेख छ । 
बैंकले २०७५/०७६ को मुनाफाबाट गत आर्थिक वर्ष २०७५/०७६ मा कायम चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको गरेको जनाएको छ ।
बैंकको सञ्चालक समितिमा सेयर स्वामित्वको आधारमा संस्थापक समूहबाट तीनजना र सर्वसाधारण समूहबाट तीनजनाको प्रतिनिधित्व हुने गरी प्रस्ताव पारित गर्नुका साथै धितोपत्रसम्बन्धी कारोबार गर्ने सहायक कम्पनी स्थापना तथा सञ्चालन गर्ने व्यवस्थापन गर्नको लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णयसमेत पारित गरेको जनाइएको छ । 

हाल बैंकले ३७ एक्स्टेन्सन काउण्टर, एक सय ५२ एटिएम तथा एक सय ९६ शाखाकार्यालय मार्फत सेवा दिदै आएको जनाएको छ ।

 

यसमा तपाईको मत