बजार संक्षेप

सिटिजन्सको वार्षिक साधारणसभा

  नागरिक   2019-09-29

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनलको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सो अवसरमा आव ०७५/७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको बैंकले जनाएको छ । 
बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७६ असार मसान्तको वासलात, आव ०७५/७६ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरणलगायत एकीकृत वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत भएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
सभाले गत आव ०७५/७६ को वितरणयोग्य मुनाफाबाट १२ प्रतिशत नगद लाभांश र तीन प्रतिशत बोनस सेयर दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको बैंकले जनाएको छ ।
सभाले संस्थापक समूहअन्तर्गत राजनसिंह भण्डारी, प्रवलजंग पाण्डे र सजन शर्मालाई निर्विरोध निर्वाचित गरेको छ । यस्तै सर्वसाधारणतर्फ़ भएको निर्वाचनबाट सीता कार्की (केसी) निर्विरोध निर्वाचित भएको उल्लेख छ । साधारणसभापछि बसेको सञ्चालक समिति बैठकले राजनसिंह भण्डारीलाई अध्यक्ष चुनेको बैंकले जनाएको छ ।
हाल बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवाका साथै ८२ शाखा, ७९ एटिएम र एक सय दुई शाखारहित बैंकिङ एकाइबाट सेवा दिँदै जनाएको छ । 

यसमा तपाईको मत