बजार संक्षेप

नवकान्तिपुरको वार्षिक साधारण सभा सम्पन्न

  नागरिक   2019-09-29

काठमाडौं– नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाको २२औं वार्षिक साधारण सभा तथा २२औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।
उक्त सभामा संस्थाका सञ्चालक समिति अध्यक्ष शिवप्रसाद सिटौलाले संस्थाको आव ०७५÷७६ को वार्षिक प्रगति प्रतिवेदन पारित गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले आव ०७५÷७६ को असार मसान्तसम्ममा कुल निक्षेप दुई अर्ब १८ करोड १२ लाख ९१ हजार एक सय ७१ रुपैयाँ कायम रहेको जनाएको छ ।
 

यसमा तपाईको मत