बजार संक्षेप

प्रभु लाइफको वार्षिकोत्सव

  नागरिक   2019-12-16

काठमाडौं– प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिकोत्सव सम्पन्न भएको छ । कम्पनीले उक्त अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वर्ष स्वच्छ वातावरण तथा सरसफाइ अभियानलाई प्राथमिकता दिएको जनाएको छ ।
कम्पनीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जलाई फोहर फाल्ने गार्बेज बिन प्रदान गरेको जनाएको छ । 
अस्पतालका निमित्त निर्देशक, अन्य विभागीय प्रमुख तथा कर्मचारीको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । 
त्यस्तै, प्रदेश अन्य सबै प्रदेशका शाखा कार्यालयले पनि आ–आफ्नो क्षेत्रका सार्वजनिक उद्यान, पार्क, मठ–मन्दिर, सरकारी विद्यालय तथा सरकारी अस्पतालको सरसफाइ गरी उक्त स्थानमा समेत गार्बेज बिन उपलब्ध गराएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाईको मत