बजार संक्षेप

एम्प्लिफाई प्लस ब्रान्डका टिभी बजारमा

    2019-08-11

काठमाडौं– नेपालका लागि एम्प्लिफाई प्लस ब्रान्डको एक मात्र आधिकारिक वितरक ई थ्री इलेक्ट्रोनिक्स प्रालिले एम्प्लिफाई प्लस ब्रान्डका एलइडी टेलिभिजन सार्वजनिक गरेको छ ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा एम्प्लिफाई इलेक्ट्रोनिक्स प्रालि र ई थ्री इलेक्ट्रोनिक्स प्रालिका अधिकारीहरूको उपस्थितिमा उक्त ब्रान्डका टिभी नेपाली बजारमा भित्रिएको घोषणा गरिएको हो । 
भारतीय डिकेएम ग्रुप कम्पनीअन्तर्गतको एम्प्लिफाई इलेक्ट्रोनिक्स प्रालिद्वारा उत्पादित एम्प्लिफाई प्लस ब्रान्डका टिभीहरू एचडी एलइडी टिभी सिरिज, एचडी स्मार्ट एलइडी टिभी सिरिज, फुल एचडी एलइडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलइडी टिभी सिरिजमा छन् । यी टिभीको गुणस्तर विश्वविख्यात ब्रान्ड सरह भए पनि मूल्यमा तुलनात्मक रुपमा सुपथ रहेको कम्पनीको भनाइ छ ।
एचडी एलइडी टिभी सिरिजमा न्यूनतम २४ इन्च, ३२ इन्च र ४० इन्चका एचडी एलइडी टिभी बजारमा उपलब्ध हुनेछन्, जसको स्क्रिन रिजोलुसन १३६६ इन्टु ७६८ पिक्सेल छ । त्यसैगरी, यी सिरिजमा इनबिल्ट गेम्स, पावर अडियो भोलुम, वायरलेस हेडफोन कन्ट्रोल, वाइफाई र एचडिएमआई लगायत फिचर छन् ।
कम्पनीले एचडी स्मार्ट एलईडी टिभी सिरिजमा ३२ इन्च र ४० इन्चका टिभीहरू बजारमा ल्याएको छ,  जसमा १३६६ इन्टु ७६८ पिक्सेलको रिजोलुसन छ । यी सिरिजका टिभीमा पावर अडियो भोलुम, वायरलेस हेडफोन कन्ट्रोल, स्क्रिन क्याप्चर, वाइफाई, एचडिएमआई लगायत फिचर उपलब्ध छन् ।
यो ब्रान्डको उच्च तहमा फुल एचडी एलइडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलइडी टिभी छ । जसमध्ये फुल एचडी एलइडी टिभी ५० इन्चमा उपलब्ध हुनेछ, जसको स्क्रीन रिजोलुसन १९२० इन्टु १०८० पिक्सेल छ । यसमा पावर अडियो भोलुम, वायरलेस हेडफोन कन्ट्रोल, स्क्रिन क्याप्चर, वाइफाई, एचडिएमआई लगायत फिचर छन् ।
फोरके अल्ट्रा एचडी स्मार्ट एलइडी टिभी ५५ इन्चमा उपलब्ध छ । यसमा अल्ट्रा एचडी ३८४० इन्टु २१६० पिक्सेल स्क्रिन रिजोलुसन छ । यसमा पनि पावर अडियो भोलुम, वायरलेस हेडफोन कन्ट्रोल, स्क्रिन क्याप्चर, वाइफाई, एचडिएमआई लगायत फिचर छन् ।
एन्ड्रोयडमा आधारित एचडी स्मार्ट एलइडी टिभी, फुल एचडी एलइडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलइडी टिभीका चार मोडलमा एक जिबीको ¥याम र ८ जिबीको आन्तरिक स्टोरेज छ ।
एचडी स्मार्ट एलइडी टिभी एन्ड्रोयड ५.१ अपरेटिङ सिस्टममा र फुल एचडी एलइडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलइडी टिभी एन्ड्रोयड ७.० अपरेटिङ सिस्टममा सञ्चालन हुन्छ । यस ब्रान्डका सम्पूर्ण टिभीमा ३ वर्षका वारेन्टी प्रदान गरिएको छ । यी टिभीमा युट्युब, नेटफ्लिक्स, गुगल प्ले, हटस्टार चलाउन सकिनेछ । 
 

यसमा तपाईको मत