बजार संक्षेप

नेपाली विद्यार्थी दक्षिण अस्ट्रेलियाका एम्बेसेडर

  नागरिक   2020-02-13

काठमाडौं– स्टडी एडिलेड, एडिलेडलाई अन्तर्राष्ट्रिय अध्ययन गन्तव्यको रुपमा प्रवद्र्धन गर्न दक्षिण अस्ट्रेलिया सरकारको एजेन्सीले एम्बेसेडर प्रोग्राम २०२० को विजेता घोषणा गरेको छ ।
उक्त समारोहबाट नेपालका चारजना विद्यार्थीलाई एम्बेसेडर घोषणा गरिएको छ । धोषणा कार्यक्रममा अस्ट्रेलियन सरकार, दक्षिण अस्ट्रेलिया सरकार तथा शैक्षिक संस्थाका अधिकारी उपस्थित थिए ।
विद्यार्थी एम्बेसेडरलाई स्टडी एडिलेडले पाँच हजार अस्ट्रेलियन डलरको सहयोग प्याकेज प्रदान गर्ने बताइएको छ । त्यसमा १५ सय अस्ट्रेलियन डलरसम्मको फिर्ती टिकट, एक हजार अस्ट्रेलियन डलरको उपहार भौचर, व्यवसायी विकास सत्र, एडिलेडको मुख्य फेस्टिभल र इभेन्टमा निःशुल्क प्रवेश समावेश गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
यो प्रतियोगिताले नेपालभरि नै उत्साहजनक प्रतिक्रिया पाएको थियो र पहिलोपटक स्टडी एडिलेड स्टुडेन्ट एम्बेसेडरको ट्याग जित्नका लागि ठूलो संख्यामा उम्मेदवारले आवेदन दिएको कम्पनीले जनाएको छ । सन् २०२० का लागि छनोट गरिएका विद्यार्थी काठमाडौंका पार्वती बुढाथोकी, प्रनिश महर्जन, ललितपुरका सन्देश बस्नेत र मोरङका खगेन्द्र कार्की छन् ।
 
 

यसमा तपाईको मत