बजार संक्षेप

छायाँ कम्पलेक्समा एलोफ्ट होटल

    2019-07-28

काठमाडौँ-  'नेपालमा पर्यटकको चाप बढ्दै गएको छ। पर्यटकको आकर्षणको केन्द्रविन्दु भनेकै ठमेल हो। मेरिएट इन्टरनेशनलले गएको बुधबार एक प्रेस मिटको आयोजना गरि पर्यटकलाई प्राथमीकता दिइँदै छायाँ कम्प्लेक्समा मेरिएट इन्टरनेशनलको एलोफ्ट होटल संचालनमा ल्याएको जानकारी गराएको थियो। 

छायाँ कम्प्लेक्स प्रवर्द्धक रहेको होटल अघिल्लो वर्षको असारदेखि निर्माण सुरु गरिएको थियो। 
 
'यहाँ क्यासिनो पनि हुनेछ। विशेष डिजाइनमा बनेको होटलका हरेक कोठाबाट काठमाडौँ भ्याली सुन्दर देखिन्छ। 

होटलमा सुइट रुम, डिलक्स रुम, ब्याङ्क्वेट हल, बोर्ड रुम, प्रि फङ्सन हल, रिसेप्सन हल, इनडोर/आउटडोर रेष्टुरेन्ट, स्विमिङ पुल, फिटनेस क्लबलगायत सुविधा रहेको छ।

 

 'अल डे डाइनिङ'को व्यवस्था रहेको होटलमा  रेष्टुरेण्ट र ब्याङ्क्वेटका लागि भिन्नाभिन्नै किचन पनि रहने  उक्त होटलका महाप्रबन्धक बिक्रम सिंहले जानकारी दिए।  

यसमा तपाईको मत