बजार संक्षेप

मदिरा सारंगी बजारमा उपलब्ध

  नागरिक   2021-10-07

नेचुरल स्पिरिट्स नेपालद्वारा तयार पारिएको उत्कृष्ट स्वाद र अन्तर्राष्ट्रिय स्तरको मदिरा सारंगी बुधबारदेखि बजारमा उपलब्ध भएको छ।

सारंगी एक त्यस्तो स्वादको मदिरा हो, जुन हिमाली भेगको मधुरताबाट प्रेरित छ र यसमा हिमालकै सुर, स्वाद र जोस समेटिएको छ। यो प्रिमियम ब्लेन्ड गरिएको माल्ट मदिरा हो जसमा ३४.४४ प्रतिशत भिभी अल्कोहलको मात्रा रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। परम्परागत विधिलाई कायमै राखेर आधुनिक प्रविधिका साथमा उत्पादन गरिएको सारंगी मदिराको स्वाद उच्चकोटीको रहेको समेत कम्पनीले दाबी गरेको छ।

कम्पनीका कार्यकारी अधिकृत परमानन्द पाण्डेले सारंगी नेपालको मौलिक एवं आफ्नै पहिचान बोकेको मदिरा रहेको बताएका छन्। नेपाली बजारमा ७ सय ५०, तीन सय ७५ र एक सय ८० मिलि प्याकमा सारंगी उपलब्ध छ ।

 

यसमा तपाईको मत