बजार संक्षेप

अजोडको आइपिओ प्रस्ताव पारित

  नागरिक   2019-12-30

काठमाडौं– अजोड इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारणसभाले साधारण सेयर निष्कासन (आइपिओ) गर्ने प्रस्ताव परित गरेको छ । शुक्रबार सम्पन्न सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन पनि पारित गरेको कम्पनीको विज्ञप्तिमा छ ।
सभाले आव ०७५/७६ को वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित विवरण, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको केही दफा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । अजोडले ३६५ दिन नै बिमा सेवा उपलब्ध गराउँदै आएको छ । यसले ४८ हजार ७१ बिमालेख जारी गरी ३५.९२ करोड बिमा शुल्क आर्जन गरेको तथा आठ सय सय ६६ वटा दाबीबापत १०.१२ करोड भुक्तानी गरेको जनायो । अहिले कम्पनीको चुक्ता पुँजी ७० करोड र लगानी ९५ करोड ९७ लाख रहेको विज्ञप्तिमा उल्लेख छ । 
 

यसमा तपाईको मत