बजार संक्षेप

अजोडको सभा सम्पन्न

    2019-07-19

काठमाडौं– निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सभाले कम्पनीको वित्तीय विवरण, सञ्चालक समितिवाट प्रस्तुत आव २०७४/०७५ को वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा लेखापरीक्षण प्रतिवेदन, बाह्य लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक पारित तथा सर्वसाधारणका लागि सेयर निष्कासन  गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
दाबी भुक्तानी प्रक्रियालाई छिटोछरितो चुस्त र पारदर्शी बनाउने उद्देश्यले कम्पनीले फास्ट ट्र्याक दाबी भुक्तानीमार्फत दुई लाख रुपैयाँसम्मको दाबी तत्कालै भुक्तानी गर्ने व्यवस्था गरेको जनाएको छ । 

 

यसमा तपाईको मत