बजार संक्षेप

कृषि विकास बैंकले ऋणपत्र निष्कासन गर्ने

  नागरिक   2019-10-24

काठमाडौं– कृषि विकास बैंकले दुई अर्ब ५० करोड रुपैयाँबराबरको २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । उक्त ऋणपत्र जारी गर्ने कार्यका लागि कृषि विकास बैंक र एनआइबिएल एस क्यापिटलबीच सम्झौता भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘एडिबिएल कृषि विकास बैंक २०८३’ नाम दिइएको सातवर्षे ऋणपत्र (डिबेन्चर) १०.३५ प्रतिशत ब्याजदरमा जारी गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भइसकेको बैंकले जनाएको छ । अन्य नियामक निकायबाट आवश्यक स्वीकृत तथा कागजात तयार गरी सर्वसाधारणका लागि सरकारी बैंकद्वारा ऋणपत्र (डिबेन्चर) छिट्टै जारी हुने बैंकले जनाएको छ ।
 

यसमा तपाईको मत