बजार संक्षेप

कृषि बैंकको साना कर्जा सम्झौता

  नागरिक   2019-10-21

काठमाडौं– कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय महासंघसँग सम्झौता गरेको छ । 
आइतबार राजधानीमा सम्पन्न एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकुमार उपाध्याय, सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष नारायण ज्ञवाली र ग्रामीण प्रविधि केन्द्रका कार्यकारी निर्देशक गणेशराम श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ । 
विभिन्न क्षेत्रमा लगानी गर्दै आएको बैंकले ग्रामीण विधुत उपभोक्ता समितिमा आवद्ध महिला सदस्यको आयस्तर बढाउन उक्त सम्झौता गरेको बैंकले जनाएको छ । 
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले यस्ता कार्यक्रमले दुर्गम तथा पिछडिएका क्षेत्रका सर्वसाधारणको आयस्तर बढ्ने र बैंकिङ पहुँच सहज हुने बताए । 
त्यसैगरी, ग्रामीण प्रविधि केन्द्रका कार्यकारी निर्देशक गणेशराम श्रेष्ठले वित्तीय सहयोगको अभावमा ओझेलमा परेका साना तथा मझौला महिला व्यवसायीको आर्थिक अवस्थामा सुधार आउने बताए । 
 

यसमा तपाईको मत