बजार संक्षेप

सनराइज बैंक र भक्तपुर घरेलु तथा साना उद्योग संघबीच सहमति

  नागरिक   2020-01-03

काठमाडौं– सनराइज बैंक तथा भक्तपुर घरेलु तथा साना उद्योग संघबीच सम्झौता भएको छ । मुलुकभित्र नै रोजगार सिर्जना गरी आर्थिक उन्नति गर्ने नेपाल सरकारको नीति तथा केन्द्रीय बैंकको निर्देशन बमोजिम उपलब्ध हुने बिमा सुविधासहितको ब्याज अनुदान कर्जा तथा निर्यातमा नगद प्रोत्साहन जस्ता कोष तथा गैरकोषमा आधारित सहुलियतपूर्ण कर्जा नजिकको बैंकका शाखामार्फत उपलब्ध हुने सम्झौतामा उल्लेख छ । उक्त सम्झौतामा भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष वीरेन्द्र जटी र बैंकिङ प्रमुख हरिप्रसाद आचार्यले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 

यसमा तपाईको मत