बजार संक्षेप

सिटी एक्सप्रेस मनी ट्रान्सफर र अमेरिकाको “रेमिट्ली” बिच रेमिटान्स सम्झौता

  नागरिक   2019-09-12

काठमाडौँ- अमेरिकाको ख्यातिप्राप्त रेमिटान्स कम्पनी रेमिट्ली र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सम्झौता भएको छ। अमेरिका, युरोप, क्यानडामा रहनुहुने नेपालीहरुले अब रेमिट्ली (Remitly) को मोबाइल एप्लिकेशन डाउनलोड गरी सजिलै आफ्नो आफ्न्तलाई मोबाइलबाट पैसा पठाउन र नेपालमा सिटी एक्सप्रेससँग आवद्ध सात हजार भन्दा बढी एजेन्ट्हरु बाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ। उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रेमिट्लीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याथ्यू अप्पनहाईम्रले हस्ताक्षर गरेको जनाएको छ।
 

यसमा तपाईको मत