बजार संक्षेप

एनआइबिएल–रेडक्रस सहमति

  नागरिक   2019-09-19

काठमाडौं– नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ । 
सहमतिपत्र हस्ताक्षर समारोहमा बैंकले रेडक्रस व्यवस्थापनलाई पाँच लाखको चेक हस्तान्तरण गरिएको विज्ञप्तिमा उल्लेख छ । 
रक्तदान÷संकलन, सचेतना तथा स्वस्थ्य जीवनलाई सुधार तथा प्रवद्र्धनका लागि आवश्यक ज्ञान अभिवृद्धि गर्ने शिक्षामूलक प्रेरणादायी कार्यक्रम सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले रेडक्रसलाई उक्त आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ । 
बैंकले विगतदेखि नै यस्ता किसिमका स्वास्थ्य हेरचाहका गतिविधिहरूमा पहल गर्दै आएको र सामाजिक विकासका साथै त्यसमा व्यक्तिगत रुपमा सचेत र स्वस्थ्य व्यवहार सामेल गराउन आफ्नो भूमिका निर्वाह गर्ने जनाएको छ । 
बैंकले ८२ शाखा, एक सय २० एटिएम, १५ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५४ शाखारहित काउन्टरमार्फत सेवा दिइरहेको छ ।
 

यसमा तपाईको मत