बजार संक्षेप

एनआइबिएल–इसेवा फोन पे प्रालि सम्झौता

  नागरिक   2019-09-23

काठमाडौं– नेपालको पहिलो पेमेन्ट गेटवे इसेवा फोन पे प्रालि र नेपाल इन्भेस्टमेन्ट बैंक (एनाइबिएल) बीच अनलाइन भुक्तानी सम्झौता भएको छ । 
अब इन्भेस्टमेन्ट बैंकबाट इसेवामा रकम लोड गर्न तथा विभिन्न वस्तु तथा सेवाको भुक्तानी गर्न सकिनेछ । ग्राहकले बैंकको इन्टरनेट बैंकिङ तथा कुनै पनि शाखामार्फत सहजै इसेवामा रकम लोड गर्न सक्नेछन् भने इसेवा खातामा भएको रकम पनि सिधै बैंकमा जम्मा गर्न सक्नेछन् ।

यसमा तपाईको मत