बजार संक्षेप

नेपाल बैंक र तिलोत्तमा नगरपालिकाबीच सम्झौता

  नागरिक   2019-10-24

काठमाडौं– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेकोे तिलोत्तमा लगानी सम्मेलनका अवसरमा नेपाल बैक र तिलोत्तमा नगरपालिकाबिच सहुलियत कर्जासम्बन्धी सम्झौता सम्पन्न भएको छ । 
उक्त सम्झौता पत्रमा बैंकका प्रदेश ५ का प्रादेशिक प्रमुख पासाङ दोर्जी शेर्पा र नगरप्रमुख बासुदेव घिमिरेले हस्ताक्षर गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नगर क्षेत्रका कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी उत्पादन एवं रोजगारी अभिवृद्धि गर्न शिक्षित बेरोजगार युवालाई नगरभित्र रोजगारीका अवसर सिर्जना गर्न उक्त सम्झौता महत्वपूर्ण हुने बैंकले जनाएको छ ।
सम्झौताले विदेशवाट फर्केका युवाको विदेशमा आर्जन गरेको सीप र व्यावसायीक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न दलित समुदायको परम्परागत सीप र पेसालाई आधुनिकीकरण एवं प्रवद्र्धन गरी उद्यमशिलता विकास गर्न तथा वित्तीय पहुँच विस्तार गर्ने विषयवस्तु समेटेको जनाइएको छ । 
 

यसमा तपाईको मत