बजार संक्षेप

मेगा–साना तथा मझौला व्यवसायी सम्झौता

    2019-08-27

काठमाडौं– साना तथा मझौला व्यवसायको प्रवद्र्धनका लागि मेगा बैंक नेपाल र साना तथा मझौला व्यवसायी महासंघबीच सम्झौता भएको छ । 
बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र महासंघका अध्यक्ष बाबुकाजी महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
उक्त सम्झौताबाट महासंघमा आबद्ध १२ हजारभन्दा बढी साना तथा मझौला व्यावसायी लाभान्वित हुने बताइएको छ । खासगरी न्यून आय भएका तथा विपन्न समुदायका व्यक्तिको सहयोगका लागि उक्त सम्झौता लक्षित छ । 
सम्झौताअनुसार व्यवसायीले मेगा बैंकको प्राथमिकताप्राप्त क्षेत्रअन्तर्गतका कर्जा, लघुवित्त कर्जा तथा नेपाल सरकारको सहुलियतपूर्ण कर्जामा प्राथमिकता दिइने विज्ञप्तिमा छ । साना तथा मझौला व्यवसाय सञ्चालन गरिरहेका तथा नयाँ व्यवसाय सञ्चालन गर्न चाहने १८ देखि ६० वर्ष उमेरका व्यवसायी यो सम्झौताबाट लाभान्वित हुने बैंकको विश्वास छ । 
यस्तै मेगा बैंकका अन्य कर्जा तथा सेवामा पनि साना मझौला व्यवसायीलाई प्राथमिकता दिने सम्झौता पत्रमा उल्लेख छ ।
 

यसमा तपाईको मत