बजार संक्षेप

कुमारी बैंक र उपाय सर्भिसेसबीच सम्झौता

  नागरिक   2019-09-25

काठमाडौं– कुमारी बैंक र उपाय सर्भिसेसले व्यावसायिक परामर्शसम्बन्धी सम्झौता गरेका छन् । सम्झौता अनुसार उपायले बैंकका कर्मचारीको विश्लेषणात्मक तथा प्राविधिक क्षमता अभिवृद्धिका लागि विभिन्न किसिमका तालिम र प्रशिक्षण दिनेछ । 
सहमति अनुरूप बैंक र कम्पनीबीच बैंकका ऋणीले उपाय सर्भिसेजबाट लिने सेवामा विशेष छुट पाउने बताइएको छ । सम्झौतामा बैंकका डेपुटी जनरल म्यानेजर मनिष तिमिल्सिना र उपायका समकक्षी राजु केसीले हस्ताक्षर गरेका हुन् । 
 

यसमा तपाईको मत