बजार संक्षेप

कुमारी–ओम समाज डेन्टल सम्झौता

    2019-08-23

काठमाडौं– कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ सुवास घिमिरेले उक्त सम्झौतामा हस्ताक्षर गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सम्झौता अनुसार हस्पिटलका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा ग्राहक वर्गले बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सकिने जनाइएको छ । बैंकले एक सय तीन शाखा, ९२ एटिएम, तीन शाखारहित एकाइ तथा तीन एक्सटेन्सन काउन्टरबाट सेवा दिँदै आएको जनाएको छ ।
 

यसमा तपाईको मत