बजार संक्षेप

कामना सेवाका र इस्टर्न एजेन्सीजबीच सम्झौता

  नागरिक   2019-09-06

काठमाडौं– कामना सेवा विकास बैंक र इस्टर्न एजेन्सीजबीच व्यापार सम्झौता भएको छ ।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एजेन्सिजका प्रबन्धक निर्देशक डिमप्रसाद पौडेलले हस्ताक्षर गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
सम्झौता अनुसार इस्टर्न एजेन्सिजको सिफारिस गरेका ग्राहकले बैंकको सबै शाखा कार्यालयबाट सहज र छरितो रुपमा आइचरका सवारी साधन किन्न कर्जा सुविधा पाउनेछन् । 
बैंकले एबिबिएस, एसएमएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ लगायत ९८ शाखा तथा ४५ एटिएममार्फत सेवा दिँदै आएको जनाएको छ ।

यसमा तपाईको मत