बजार संक्षेप

हिमालयन बैंक र म्याक्स मनीबीच सम्झौता

  नागरिक   2020-01-22

काठमाडौं– हिमालयन बैंक र मलेसियन कम्पनी म्याक्स मनी एसडिएन बिएचडीबीच विगतमा भएको विप्रेषणको भुक्तानी रकम राफसाफ गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्सेर राणा र म्याक्स मनीका प्रमुख कार्यकारी अधिकृत मोहम्मद अबिद हमिदले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेको बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ ।
दुवै संस्थाका प्रतिनिधिले मलेसियाबाट विप्रेषण सेवा पुनः सुचारु गर्ने नयाँ सम्झौतापत्रमा पनि हस्ताक्षर गरेको बैंकले जनाएको छ । 

यसमा तपाईको मत