बजार संक्षेप

सिभिल बैंक लिमिटेड र द हबि अटो ट्रेडिङ्ग बिच सम्झौता

  नागरिक   2019-09-02

काठमाडौँ- सिभिल बैंक लिमिटेड र द हबि अटो ट्रेडिङ्ग बिच व्यबसायीक सहकार्य सम्झौतापत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल तथा द हबि अटो ट्रेडिङ्गका तर्फबाट अध्यक्ष उमेश नारायण मानन्धरले हस्ताक्षर गरेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा जनाएको छ। 
उक्त सम्झौतापत्र अनुसार द हबि अटो ट्रेडिङ्गबाट ट्याक्टर, कृषि औजार तथा हेभि इक्युपमेन्ट खरिद गर्न ग्राहकहरुलाई द हबि अटो ट्रेडिङ्गको सिफारिसमा सिभिल बैँक लिमिटेडले ७० प्रतिशत सम्म कर्जा सुबिधा प्रदान गर्ने जनाएको छ। 
 

      

यसमा तपाईको मत