बजार संक्षेप

सिटिजन्स बैंक–एनबिआई सम्झौता

  नागरिक   2019-09-18

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल र नेसनल बैंकिङ इन्स्टिच्युट (एनबिआई) बीच तालिम सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र एनबिआईका प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बाले हस्ताक्षर गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
सम्झौतापश्चात बैंकका कर्मचारीको कार्यदक्षता अभिवृद्धिको लागि एनबिआईले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ तालिम प्रदान गर्ने जनाएको छ ।
साथै एनबिआईले आयोजना गर्ने विभिन्न सम्मेलन, सेमिनार तथा कार्यशालामा बैंकको सहभागिता रहने उल्लेख छ ।
बैंकले निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्बा, ड्राफ्ट, कार्ड सेवासँगै ८२ शाखा, ७९ एटिएम र एक सय एक शाखारहित बैंकिङ एकाइबाट सेवा दिँदै आएको जनाएको छ । 
 

यसमा तपाईको मत