कभर स्टोरी

बैंक अफ काठमाण्डू र अरुण भ्याली जलविधुत बिकास कम्पनी बिच सम्झौता

  नागरिक   2020-01-29

काठमाडौँ- बैंक अफ काठमाण्डू लिमिटेड र अरुण भ्याली जलविधुत बिकास कम्पनी लिमिटेड बिच काबेली बी वान कास्केड जलविधुत आयोजनामा सहवित्तियकरण कर्जा प्रवाह गर्ने सम्बन्धि सम्झौतामा आज मिती २०७६ माघ १५ मा हस्ताक्षर भएको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। ९.९४ मेगावट क्षमता रहेका काबेली बी वान कास्केड जलविविधुत आयोजनाको अनुमानित खर्च रु १ अर्ब ९७ करोड रहेको छ । अरुण भ्याली जलविविधुत बिकास कम्पनी लिमिटेडले पाँचथर र ताप्लेजुङको सिमानामा उक्त जलविद्युतको निर्माण कार्य गरीरहेको छ । बैंक अफ काठमाण्डू लिमिटेडको अगुवाइ रहेकोे उक्त सहवित्तियकरण कर्जाको सदस्य बैंकमा कुमारी बैंक लिमिटेड रहेको जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।  
अरुण भ्याली जलविविधुत बिकास कम्पनी लिमिटेडले नेपालको पहिलो निजीक्षेत्रबाट प्रबन्धन भएको ३ मेगावाट उत्पादन क्षमता रहेकोे पिलुवा खोला जलविविधुत आयोजनाको निर्माण सम्पन्न गरीसकेको छ । उक्त आयोजनामा पनि बैंक अफ काठमाण्डू लिमिटेडलेनै सहवित्तियकरण कर्जाको अगुवाइ गरेको थियो। उक्त पिलुवा खोला जलविधुत आयोजनाको निर्माण कार्य सम्पन्न भई असोज १, २०६० देखी नै सञ्चालनमा आईसकेको छ । उक्त आयोजनामा रहेको बैंकको सहवित्तियकरण कर्जाको भुक्तानी भई कर्जा चुक्ता भइसकेको छ । साथै यस सहवित्तियकरण कर्जा पश्चात् यस काबेली बी वान कास्केड जलविविधुत आयोजना निर्माणमा सहयोग पुग्ने र समयसिमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको उक्त जारी प्रेस बिज्ञप्तिमा जनाइएको छ। 
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ। 

 

यसमा तपाईको मत