बजार संक्षेप

अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा सृंखला खतिवडा , उदय छात्रवृत्ति अन्तर्गत २५ विद्यार्थीले पाए २५ हजार

    2019-05-25

काठमाडौँ - महिन्द्रा एण्ड महिन्द्राको प्रमुख आधिकारिक बिक्रेता अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा  पुर्व मिस नेपाल  सृंखला खतिवडा नियुक्त भएकी छिन | काठमाडौँमा आयोजित एक कार्यक्रममा अग्नि ग्रुपका कार्यकारी   निर्देशक अर्जुन शर्माले उक्त घोषणा गर्दै e2o गाडीको चाबी खतिवडालाई प्रदान गर्नु भयो|  e2o गाडी वातावरण मैत्री बिधुतिय गाडी हो|

.  

 

अग्नि इन्कर्पोरेटेडको ब्राण्ड एम्बेसडरमा आफु आवद्ध हुन पाएकोमा पुर्व मिस नेपाल सृंखला खतिवडाले हर्षित हुदै आफु निकै खुसि भएको कुरा संचारकर्मीहरु माझ ब्यक्त गरिन | आफुलाई बिधुतिय गाडी धेरै बर्ष अघि  देखि मन परेको बताएकी खतिवडाले एम्बेसडर घोषणा हुदै e2o गाडी प्रदान गर्नु भएकोमा अग्नि ग्रुपका कार्यकारी निर्देशक शर्मा तथा समस्त अग्नि ग्रुप परिवारलाई धन्यबाद तथा आभार ब्यक्त गरिन|

.   


अग्नि इन्कर्पोरेटेडले बिगत तिन बर्षदेखी महिन्द्रा बोलेरो पिक-अप खरिद गरि उद्यम संचालन गर्दै आएका २५ जना बोलेरो पिक-अप ग्राहकहरुका SEE दिएर बसेका उत्कृस्ट २५ छोराछोरीहरुलाई  जनही २५हजार रुपैयाका दरले पुरस्कार  रकम तथा प्रसंशा पत्र कार्यकारी निर्देशक शर्मा र खतिवडाले संयुक्त रुपमा प्रदान गर्नु भयो . अग्नि फाउन्डेसनबाट २५ हजार राशिको पुरस्कार तथा प्रसंशा पत्र प्राप्त गर्ने सबै बोलेरोका सेवाग्राहीहरुले कार्यक्रममा खुशी व्यक्त गरेका थिए.|

 
 

यसमा तपाईको मत