बजार संक्षेप

अजोडको अभिकर्ता तालिम

  नागरिक   2020-01-08

काठमाडौं– अजोड इन्स्योरेन्सको हेटौंडा शाखाको आयोजनामा तीनदिने आधारभूत निर्जीवन बिमा अभिकर्ता तालिम सम्पन्न भएको छ । 
तालिममा कम्पनीका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बिमाको परिचय, बिमा व्यवसायको वर्तमान अवस्था र चुनौतीदेखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्वाह गर्नुपर्ने भूमिका र बिमाका विभिन्न पक्षबारे प्रशिक्षण दिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
तालिममा २३ जना अभिकर्ताको सहभागिता रहेको कम्पनीले जनाएको छ । 
 

यसमा तपाईको मत