बजार संक्षेप

‘विज्ञापन नै मिडिया हो’: नेपाल विज्ञापन संघका केन्द्रीय अध्यक्ष रिजाल

  नागरिक   2019-12-24

इटहरी -नेपाल विज्ञापन संघका केन्द्रीय अध्यक्ष शशि रिजालले विज्ञापन नै मिडिया रहेको औल्याएँका छन् । नेपाल विज्ञापन संघ प्रदेश १ ले मंगलबार इटहरीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले त्यसो भनेका हुन् । ‘न्यूज मात्र मिडिया हैन, विज्ञापन नै मिडिया हो,’ उनले भने, ‘विज्ञापन भएन भने मिडिया चल्नका लागि गाह्रो छ ।’ उनले अहिले सरकारले विदेशी विज्ञापनमा रोक लगाएको सकारात्मक रहेको तर्क गर्दै मिडिया हाउस संस्थागत हुनुपर्ने बताए  भने, ‘मिडिया हाउस संस्थागत हुन जरुरी रहेको छ । विज्ञापन संघले व्यक्तिलाई सम्बोधन गर्दैन, संस्थालाई सम्बोधन गर्छ । त्यसैले तपाईँहरु संस्थागत हुन आवश्यक छ ।’ उनले मिडिया हाउस संस्थागत भएको खण्डमा आँफूहरु सहकार्य गर्न तयार रहेको बताएको जानकारी संघद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
कार्यक्रममा विज्ञापन संघ प्रदेश १ का संयोजक पवन अधिकारीले विज्ञापनले मिडिया हाउस सञ्चालन हुने र व्यवसायलाई फाईदा हुने भएकाले यसलाई सहयोगको रुपमा मात्र नभई व्यवसायको रुपमा बुझ्नका लागि अपिल गरे । अधिकारीले भने, ‘संस्थागत हिसाबमा बसेर काम गर्दा सबैका लागि उपयुक्त हुन्छ । विज्ञापन सहयोग हैन, व्यवसाय हो ।’ 
कार्यक्रममा प्रेस युनियन सुनसरी अध्यक्ष धनबहादुर पुरीले विज्ञापनका कारण समाचारमा कठीन हुने भएकाले यसको बिषयमा गम्भीर हुन आग्रह गरे । उनले भने, ‘एउटा विज्ञापन हाउसले विज्ञापन दिएकै भरमा समाचार रोक्नुपर्ने स्थितिको अन्त्यका लागि विज्ञापन संघले कदम चालोस् । कार्यक्रममा १ नम्बर प्रदेशका बिभिन्न रेडियो,टेलिभिजन,अनलाइन एवम बिज्ञापन एजेन्सिहरुले सहभागिता जनाएका थिए । 
कार्यक्रममा रेडियोहरुको छाता संगठन बानका केन्द्रिय अध्यक्ष चन्द्र न्यौपालेले ब्यावसायिक बजारमा उत्रिएपनि अस्वस्थ प्रतिष्पर्धा बढेकाले सम्पुर्ण रेडियोहरुलाइ समस्या उत्पन्न जिकिर गरे । ’ कार्यक्रममा विज्ञापन संघ प्रदेश १ को सह–संयोजक र सचिव समेत चयन गरिएको छ ।  सह–संयोजकमा ए एस एडभरटाइजिंग प्रालि बिराटनगरका  सञ्चालक झलक केसी चयन भए भने सचिवमा उज्यालो एडभरटाइजिंग प्रालि धरानका सञ्चालक मात्रिका प्रसाद नेपाल चयन भएका थिए ।  ७ ओटै प्रदेशहरुमा प्रदेश कमिटि गठन गर्ने योजना स्वरुप संघको बिस्तारमा लागेको केन्द्रिय अध्यक्ष रिजालले बताएको जानकारी संघद्वारा जारी गरिएको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
 

यसमा तपाईको मत