बजार संक्षेप

सिद्धार्थ बैंकका थप शाखा

  नागरिक   2019-12-26

काठमाडौं– सिद्धार्थ बैंकले देशभरका सात ठाउँमा शाखा विस्तार गरेको छ । बैंकले सप्तरीको राजविराज र कल्याणपुर, सुनसरीको इनरूवा, मोरङको महेन्द्रचोक र पथरी कञ्चनबारी तथा दमकस्थित राजमार्गमा शाखा विस्तार गरेको जनाएको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले यो बैंकले चार एक्सटेन्सन् काउन्टरसहित एक सय ७६ शाखा, एक सय एक शाखारहित बैंकिङ सेवा, एक सय ९७ एटिएम र १६ सयभन्दा बढी पिओएस मेसिनमार्फत सेवा दिइरहेको विज्ञप्तिमा उल्लेख छ । 
 

यसमा तपाईको मत