बजार संक्षेप

हिमालयन बैंकलाई एडिबीको अवार्ड

  नागरिक   2019-09-11

काठमाडौं– एसियाली विकास बैंकले हिमालयन बैंकलाई ट्रेड फाइनान्स कार्यक्रमअन्तर्गत उच्चतम कारोबार गरेबापत ‘टिएफ अवार्ड २०१९–लिडिङ पाटर्नर बैंक इन नेपाल’ प्रदान गरेको छ । बैंकले एसिया प्रशान्त क्षेत्रमा ट्रेड फाइनान्स प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको लागि उक्त अवार्ड प्रदान गरेको हिमालयन बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एसियाली विकास बैंकद्वारा गत साता सिंगापुरमा आयोजित एडिबी ट्रेड फाइनान्स प्रोग्राम अवार्ड समारोहमा बैंकका महाप्रबन्धक सुशील जोशी र मुख्य प्रबन्धक सतीशराज जोशीलाई उक्त अवार्ड प्रदान गरेको जनाइएको छ । 

यसमा तपाईको मत